महानगरको शिक्षामा सिप कार्यक्रम अघि बढ्यो

हिमाल प्रेस १४ पुष २०८० २०:२९
244
SHARES
महानगरको शिक्षामा सिप कार्यक्रम अघि बढ्यो

काठमाडौँ- ‘गरिखाने शिक्षा महानगरको इच्छा’ भन्ने मूल नारासहित काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्न लागेको विभिन्न नौवटा मोडुल कार्यक्रमको ज्ञानोदय मावि, बाफलमा शनिबार उद्घाटन गरिएको छ।

उक्त कार्यक्रममा अठार समूहमा विभाजन गरी कक्षा ९ र १० का करिब ५४० विद्यार्थीले फरकफरक क्षेत्रका सिप सिक्नेछन्। त्यसका लागि ९० घण्टा छुट्याइएको छ।

कार्यक्रमका मुख्य अतिथिका रूपमा बोल्दै खानेपानी तथा भौतिक योजना मन्त्रालयका सहसहिव अर्जुन गौतमले शिक्षामा सिप कार्यक्रमले विद्यार्थीलाई स्वावलम्बी बनाउने विचार बताए।

काठमाडौँ महानगरपालिका अधिकृत, विद्यालय निरीक्षक लक्ष्मी पौडेलले यस्तो सिप सिक्नेको श्रमको सम्मान हुने बताइन्। स्रोत शिक्षक खगराज जोशीले कार्यक्रमलाई पाठ्यक्रममै जोडेर सिपमा ढाल्नुपर्ने कुरामा जोड दिए। ज्ञानोदय माविकी निमित्त प्रधानाध्यापक विष्णु रिमालले सिप सिकाउने क्रममा विद्यार्थीलाई निगरानी गर्न चुनौती रहेको हुँदा परामर्शदातालाई विशेष ख्याल गर्न सुझाव दिइन्।

शिक्षक विष्णुप्रसाद ज्ञवालीले विकसित मुलुकले पनि तल्लो तहदेखि शिक्षामा सिप जोड्दै गएको बताए। कार्यक्रममा चन्दादाता पूर्वविद्यार्थी साधुराम गौतमले सिपमूलक शिक्षा देशका लागि खाँचो रहेको बताए। अभिभावक रामेश्वर गौतमले सिप सिकाउन दक्ष प्रशिक्षक परिचालन गर्न सुझाव दिए। शिक्षक अभिभावक संघका अध्यक्ष देवाखर भट्टराईले कार्यक्रम देशभरि लैजान परामर्शदाताका लागि अवसर भएको बताए।

कार्यक्रम वडाप्रतिनिधि रामबाबु कोइरालाले पढेर मात्र सिप नसिकिने हुँदा परामर्शदातालाई व्यावहारिक तरिकाले सिप सिकाउन आफ्नै सन्तान ठान्न सुझाव दिएका थिए।
पढाइलाई सिप र व्यवहार सँगसँगै जोड्दै विद्यार्थीलाई व्यावहारिक शिक्षा दिन महानगरपालिकाले विविध विषयमा नौ जना परामर्शदाता सिप सिकाउनेछन्। कार्यक्रम शिक्षक प्रतिनिधि प्रकाश काफ्लेले सञ्चालन गरेका थिए।

प्रकाशित: १४ पुष २०८० २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =