कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि

हिमाल प्रेस १४ पुष २०८० ८:३८
2
SHARE
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार पनि बस्दैछ।

बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बिहीबार र शुक्रबारको बैठकमा गरी मन्त्रीहरूसहित ४८ जनाले आफ्नो धारणा राखेका थिए। बैठकमा छ मन्त्रीले आफ्ना कामको विवरण पेस गरेका थिए।

बिहीबारको बैठकले बालकुमारी घटनाका सम्बन्धमा सरकारले बनाएको छानविन समितिले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही गर्नुका साथै घटनामा घाइते भएकाहरूको यथाशीघ्र उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक नेपाल सरकारसँग मागसमेत गरेको थियो।

त्यस्तै बिहीबारको बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने, कल्याणकुमार गुरुङ, किरण यादव, डा गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, आंगेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, प्रदिपकुमार सुनुवारले आफ्ना धारणा राखेका थिए।

मानबहादुर नेपाली, उमेशजंग रायमाझी, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, राजीवबिक्रम शाह, डा चन्द्रमोहन यादव, प्रकाश रसाइली स्नेही, हरिशरण नेपाली, प्रा.डा.गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयबाबु शिवाकोटी, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, सुशीला थिङ, रुपा विक, डा जीवन राना, राधा घले, धना खतिवडा, कल्याणी रिजाल र प्रदेश सभापतिहरू उद्धव थापा (कोशी प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आआफ्नो धारणा राखेका थिए।

प्रधानमन्त्रीले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन र पार्टीका मन्त्रीहरूले बैठकमा गरेको ‘ब्रिफिङ’का आधारमा कांग्रेसले सरकारको एक वर्षमा भएका कामका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नेछ।

प्रकाशित: १४ पुष २०८० ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =