उच्च अदालतको आदेश : सिप बिल्डिङमा परीक्षा फाराम भर्न दिनू

हिमाल प्रेस १३ पुष २०८० १६:५९
18
SHARES
उच्च अदालतको आदेश : सिप बिल्डिङमा परीक्षा फाराम भर्न दिनू

काठमाडौँ- उच्च अदालत पाटनले कोरियन सिप बिल्डिङ (पानीजहाज) कम्पनीमा रोजगारीका लागि भाषा परीक्षा दिएर  अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक कामदार छनोटको भाषा परीक्षामा सहभागी गराउन शुक्रबार आदेश दिएको छ।

न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले एकपटक परीक्षा दिएर अनुत्तीर्ण भएका सबैलाई उत्पादनमूलक कामदार छनोटको ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो।

सिप बिल्डिङमा अनुत्तीर्ण भएका करिब ३० हजारमध्ये यसअगाडि १८ जनाले मात्रै आवेदन दिन पाउने थिए। सिप बिल्डिङमा परीक्षा दिएकाहरूले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए। अदालतले सोही मुद्दामा अदालतले आदेश दिएको हो।

उत्पादनमूलक कामदार छनोटको भाषा परीक्षामा सहभागी गराउन माग राखेर शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई युवाको ज्यान गएको छ।

प्रकाशित: १३ पुष २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =