बुटवलकाे नमुना विद्यालय कालिकाले मनायो ६३औँ वार्षिकोत्सव

हिमाल प्रेस ७ पुष २०८० १९:२२
62
SHARES
बुटवलकाे नमुना विद्यालय कालिकाले मनायो ६३औँ वार्षिकोत्सव

लुम्बिनी- नमूना विद्यालय कालिका मानवज्ञान माविले ६३औँ वार्षिकोत्सव शनिबार मनाएको छ। देशकै उत्कृष्ट नतिजा निकाल्दै आएको विद्यालयले बुटवल ११ र १० मा रहेका दुईवटा भवनमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो।

दिवस मूलसमारोहमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको विद्यालयको नतिजा र शैक्षिक गुणस्तर देशकै उत्कृष्ट रहेकाले यसलाई निरन्तरता दिन जनप्रतिनिधिका रूपमा आफूले काम गर्ने बताए।

उनले बुटवलसहित पश्चिम नेपालकै विद्यार्थीको भविष्यसँग जोडिएकाले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत स्थानीय सरकारलाई ध्यानआर्कषण गराए।

यस्तै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने सन्देश दिन कालिकाले अगुवाइ गरेको बताए।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कालिकाको जस्तै बनाउने गरी नीतिगत रूपमा आफूहरूले काम गर्ने बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले २०७१ सालदेखि विद्यालय पुरस्कृत हुँदै आएको कालिकालाई अब्बल बनाउन निरन्तर लागि परेको बताए।

उनले विद्यालयलाई पूर्वाधार सम्पन्न बनाउँदै शैक्षिक गुणस्तरका लागि शिक्षण सिकाइलाई पनि आधुनिक बनाइएको बताए।

यस वर्ष कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक हासिल गरेबापत १० लाख छात्रवृत्रि र दुई सय जना विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गरेको प्रधानाध्यापक थापाले बताए।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, विद्यालयका पूर्वप्रधानाध्यापक एवम् क्याम्पसका प्रमुख घनश्याम पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, बुटवल उपमहानगरका प्रतिनिधिलगायतले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

वार्षिकोत्सवका अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, विभिन्न विद्याका ६० अक्षयकोषबाट १० लाख बराबरको छात्रवृत्ति वितरण, दुईजना पत्रकारलाई सम्मान गरेको छ।

साथै वार्षिकोत्सवका अवसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकालाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

२०१८ साल पुस ७ गते स्थानीय अगुवाहरूको अग्रसरतामा शान्ति नेपाल राष्ट्रिय प्राविका रूपमा स्थापना भएको २०२९ सालदेखि कालिका र २०७५ सालमा मानवज्ञानसँग मर्जर भएर कालिका मानवज्ञानको नामबाट सञ्चालनमा आएको हो। विद्यालयमा हाल ८ हजार ५३ विद्यार्थी अध्ययनरत छन्।

याे पनि

कालिकाले डेढ दशकमा फेर्‍यो काँचुली

कठिन छैन सिकाइ स्तर उकास्‍न


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =