एकल पुरुषलाई मासिक भत्ता!

हिमाल प्रेस २ पुष २०८० २१:४०
6
SHARES
एकल पुरुषलाई मासिक भत्ता!

फिक्कल (इलाम)- एकल महिलाले संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ। उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन। तर इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ।

देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ।

देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ। देउमाईले गएको आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका दुई सय सात जना एकल पुरुषलाई २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए।

चालु आवमा भने गत वर्षको तुलनामा एकल पुरुषको सङ्ख्या १० जनाले घटेको छ। चालु आवको पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले भत्ता लिएका छन्। लेखा अधिकृत येक्तेनका अनुसार पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले पाँच लाख ९१ हजार भत्ता लिएका छन्। देउमाई नगरपालिकाले चालु आवमा एकल पुरुष भत्ताका लागि २८ लाख विनियोजन गरेको छ।

एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको देउमाई नगरपालिकाका प्रमख सूर्य पोख्रेलले बताए।  रासस

प्रकाशित: २ पुष २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =