पुस ११ देखि मण्डलामा ‘गुलाफ’

हिमाल प्रेस २ पुष २०८० १७:४६
56
SHARES
पुस ११ देखि मण्डलामा ‘गुलाफ’

काठमाडौँ– थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘गुलाफः यशोधराको जागरण यात्रा’ मञ्चन हुने भएको छ। नाटक पुस ११ देखि २२ गतेसम्म मञ्चन हुन लागेको हो।

नाटककाे परिकल्पना तथा निर्देशन राम हरि ढकालले गरेका छन्। नाटकमा कलाकार दिया मास्के र सरिता शाह छन्।

नाटक सोमबारबाहेक साताको प्रत्येक दिन दिउँसो ४ बजे मञ्चन हुने थिएटरले जनाएको छ। शनिबार एक बजेको अतिरिक्त शो पनि हुनेछ।

मण्डलामै पुस १२ देखि आत्महत्या सम्बन्धी सचेतना जगाउने उद्देश्यले तयार पारिएको‘पगला घोडा’ मञ्चन हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =