सिपा तीनघरे संस्कृत माविमा सप्ताह ज्ञानमहायज्ञ एवम् धनधान्याचल शुभारम्भ

हिमाल प्रेस १ पुष २०८० १८:०७
176
SHARES
सिपा तीनघरे संस्कृत माविमा सप्ताह ज्ञानमहायज्ञ एवम् धनधान्याचल शुभारम्भ सिन्धुपाल्चोकको सिपा तीनघरे संस्कृत माविमा आइतबार सप्ताह ज्ञानमहायज्ञ एवम् धनधान्याचल उद्घाटन समारोहमा सहभागी सभामुख देवराज घिमिरे, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत। तस्बिर सौजन्य : रामचन्द्र दुलाल

काठमाडौँ- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ अवस्थित सवा सय वर्ष पुरानो सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ एवम् धनधान्याचल शुभारम्भ गरिएको छ। विद्यालय प्रांगणमा आइतबार आयोजित समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महायज्ञ उद्घाटन गरेका हुन्।

विद्यालयको १२१ औँ जयन्तीका अवसरमा महायज्ञ आयोजना गरिएको हो। महायज्ञअन्तर्गत आइतबार कलश शोभायात्रा, पूर्वांग र उद्घाटन भएको छ। ८ गते समापन हुने महायज्ञमा
हरेक दिन बिहान साढे ७ बजेदेखि अपराह्न ५ बजेसम्म पाठपारायण र कथा प्रवचन हुनेछ। प्रत्येक दिन रुद्राभिषेक, जप, वेदपाठ, चण्डीपाठ, हवन, तुलादानका कार्यक्रम हुनेछन्। साँझ ७ बजेदेखि महात्म्य कथा र भक्ति संकीर्तनका कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार पुस ७ गते तिलार्पण एवम् लक्ष्यवर्ती प्रज्वलन गरिनेछ भने ८ गते हवन, पूर्णाहूति, समापन एवम् प्रसाद वितरण गरिनेछ। साथै प्रत्येक दिन बिहान साढे ५ बजेदेखि एक घण्टा रेखा कोइरालाबाट योग अभ्यास गराइनेछ। महायज्ञमा अच्युतकृष्ण अधिकारी र रवीन्द्र आचार्यले कथावाचन गरेका छन् भने कृष्णप्रसाद सापकोटाले पाठपारायण गरेका छन्।

महायज्ञ उद्घाटन समारोहमा सहभागी सभामुख देवराज घिमिरे, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री शेरबहादुर तामाङ, पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा, महर्षि वैदशिक फाउन्डेसनका सल्लाहकार डा. चिन्तामणि योगी, बागमती प्रदेश सरकारका मन्त्री, सुरक्षा निकायका पदाधिकारी, प्रशासकहरू पूर्वमन्त्री स्थानीय पालिकाका प्रमुख र उपप्रमुखहरू, वडाध्यक्षहरू, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, साधुसन्तहरू, स्थानीय राजनीतिक दलका नेतालगायतले शुभकामना मन्तव्य दिएका थिए।

समारोहमा सम्बोधन गर्दै वक्ताहरूले संस्कृत शिक्षालाई व्यावहारिक रूपमा सिकाउन सकिएमा यसबाट जीवन निर्वाह गर्न र पौरस्त्य विद्यालाई पुस्तान्तरण गर्न सहज हुने बताए। उनीहरूले राणाकालमा स्थापित यस विद्यालयले शैक्षिक क्षेत्रमा विशिष्ट योगदान रहेकाले देशव्यापी प्रचार आवश्यक रहेको बताए। संस्कृत शिक्षाले असल मानव बनाउने उनीहरूको भनाइ छ।  वैज्ञानिक शिक्षासँग जोडेर संस्कृत शिक्षालाई अगाडि लैजान सकिने पनि उनीहरूले बताए।

उद्घाटन समारोहमा सभामुख घिमिरे, मन्त्री बस्नेत, पूर्वमन्त्री तामाङ, पूर्वराज्यमन्त्री थापा, डा. योगी, गुरुकुलका संयोजक उत्तम उपाध्याय न्यौपाने, इन्द्रावती गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्य, नेकपा माओवादीका नेता वीरबहादुर तामाङ, इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङ, गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, पूर्वमन्त्री सरेश नेपालले सम्बोधन गरेका थिए। यसैगरी कवि एवम् समाजसेवी जगन्नाथ आचार्यले कविता वाचन गरेका थिए। वक्ताहरूले विद्यालयका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।  साथै सहयोग रकम घोषणा गरेका दानवीरहरूलाई समारोहमा सम्मानपत्रले सम्मान गरिएको थियो।

तत्काल दुई लाख २२ हजार र वार्षिक एक लाख रुपैयाँ सहयोग गर्ने पूर्वराज्यमन्त्री विष्णुविक्रम थापाको घोषणा

गुरुकुल सञ्चालनका लागि पूर्वराज्यमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य विष्णुविक्रम थापाले वार्षिक रूपमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले तत्कालका लागि नगद एक लाख ११ हजार र सोही रकम बराबरको जिन्सी सामान गरी दुई लाख २२ हजार सहयोग गर्ने घोषणा गरेका हुन्।

उनले भने, ‘म र मेरो भाइ उद्योगपति शम्भुविक्रम थापाका तर्फबाट अहिले पहिलोचोटि जिन्सी एक लाख ११ हजार र नगद एक लाख ११ हजार हस्तान्तरण गर्दछौँ। साथै वार्षिक रूपमा यो गुरुकुल सञ्चालन गर्नका लागि १ लाख ११ हजार हामी उपलब्ध गराउँछौँ।’ उनले आफूहरू जीवन छउन्जेल सहयोग गर्नका लागि तयार रहेको बताए।

महायज्ञ अवधिभर थप बस सञ्चालन

महायज्ञ अवधिभर यातायातको सुविधालाई ध्यानमा राखी काठमाडौँबाट यज्ञस्थलसम्म थप बसको व्यवस्था गरिएको छ। हेलम्बु यातायातको बस काठमाडौँको चुच्चेपाटीबाट बिहान ८:४५ बजे बनेपा, सिपाघाट हुँदै तीनघरेसम्म सञ्चालन हुनेछ। उक्त बस सोही रुटमा अपराह्न ४:०० बजे काठमाडौँ फर्कने गरी गाडी थप गरिएको आयोजकले जनाएको छ।

महायज्ञबाट सञ्चालित रकम संस्कृत शिक्षाको प्रवर्धनमा खर्च गरिने

विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद आचार्यले विद्यालयको शैक्षिक एवम् भौतिक विकास र गुरुकुल सञ्चालनमा सहयोग संकलन गर्न महायज्ञ आयोजना गरिएको बताए। उक्त विद्यालयमा १५० विद्यार्थी अध्ययनरत छन्। बिहानी सत्रमा १६ जना बटुकहरूले गुरुकुलीय पद्धतिअनुसार शिक्षा लिइरहेका छन्।

विद्यार्थीलाई निःशुल्क रूपमा आवासीय सुविधा उपलब्ध गराउने योजना विद्यालयको छ। महायज्ञमार्फत संकलित रकम सोही प्रयोजनका लागि खर्च गरिने बताइएको छ। साथै विद्यालयलाई संस्कृत शिक्षाको नमुना सिकाइ केन्द्रका रूपमा स्थापना गर्ने उद्देश्य रहेको आचार्यले बताएका छन्।

आयोजक समितिले महायज्ञ जस्तो पवित्र एवम् ऐतिहासिक कार्यमा सहभागी हुन शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, कलाकार, पत्रकार, नागरिक समाजका अगुवा, भूतपूर्वविद्यार्थी, शिक्षकलगायत सम्पूर्ण जनसमुदायलाई अनुरोध गरेको छ।

१९६० सालमा स्थानीय शिक्षाप्रेमीको प्रयासमा भाषा पाठशालाका रूपमा स्थापित विद्यालय २०२८ सालपछि प्रावि, निमावि हुँदै २०४५ सालमा संस्कृत माध्यमिक विद्यालयका रूपमा परिणत भएको थियो। २०६२ सालपछि कक्षा ११ मा पढाइ हुन थालेको विद्यालयमा त्यस भेगका बाहुनक्षेत्रीसहित विभिन्न जाति र भाषिक समुदायका बालबालिका अध्ययन गर्दै आएका छन्। केही वर्षदेखि गुरुकुल सञ्चालन हुन थालेको हो।

मूल आयोजक समितिका अनुसार  महायज्ञमा दान गर्ने दानवीरहरूलाई निम्नानुसारको रकमका आधारमा सम्मानित गरिनेछ :

रु. १ देखि रु. ५०० सम्म : दानपेटिकामा संकलन

रु. ५०१ देखि १००० सम्म : नाम उद्घोष

रु. १,००१ देखि २००० सम्म : रामनामी ओढाई सम्मान

रु. २,००१ देखि ५००० सम्म  : रामनामी ओढाई सम्मानपत्रसहित सम्मान

रु.५,००१ देखि रु. १०,००० सम्म :  फ्रेमसहितको विशेष सम्मानपत्र र महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु.१०,००१ देखि रु.१५,००० सम्म :  फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, गुरुकुलको वेबसाइट र  शिलालेखमा नाम उल्लेख तथा महायज्ञ स्मारिकामा तस्बिरसहितको नाम प्रकाशन

रु. १५,००१ देखि रु. २०,००० सम्म : फ्रेमसहितको विशेष सम्मानपत्र,  गुरुकुलको आजीवन सदस्यता, वेबसाइट र शिलालेखमा नाम उल्लेख  तथा  महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु.२०००१ देखि रु. २५,००० सम्म : फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, वेबसाइट र शिलालेखमा नाम उल्लेख तथा गुरुकुलको कोठामा सामूहिक तस्बिर र महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु. २५००१ देखि रु. ३५,००० सम्म : फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, वेबसाइट र शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा सामूहिक तस्बिर, विद्यार्थीलाई निःशुल्क दिइने नोटबुकमा नाम, महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु. ३५,००११ देखि रु. ५०,००० सम्म : फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, वेबसाइट र शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा सिंगल तस्बिर, नोटबुकमा विवरण र महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु. ५०,००१ देखि रु. ७५,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, वेबसाइट र शिलालेखमा नाम, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुकमा तस्बिरसहित विवरण, महायज्ञ स्मारिकामा सानो तस्बिरसहित नाम प्रकाशन

रु. ७५,००१ देखि रु. १,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुकमा रंगीन तस्बिरसहित विवरण, महायज्ञ स्मारिकामा सानो तस्बिरसहित नाम प्रकाशन

रु. १,००,००१ देखि रु. १५०,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुकमा  रंगीन तस्बिरसहित विवरण, सम्मानमा स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त, महायज्ञ स्मारिकामा सानो तस्बिरसहित नाम प्रकाशन

रु. १,५०,००१ देखि रु.२,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुकमा तस्बिरसहित विवरण, सम्मानमा स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त, महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु.२,००,००१ देखि रु. ३,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको तस्बिर, नोटबुकमा तस्बिरसहितको नाम, स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त र महायज्ञ स्मारिकाको एकचौथाइ पृष्ठमा पतिपत्नीको तस्बिरसहित नाम प्रकाशन

रु. ३,००,००१ देखि रु. ५,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको तस्बिर, नोटबुकमा तस्बिरसहितको नाम, सम्मानसहित यज्ञस्थल परिक्रमा, दानवीरले इच्छाएको व्यक्तिका नाममा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति कोष  स्थापना, स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त र महायज्ञ स्मारिकाको एकचौथाइ पृष्ठमा पतिपत्नीको तस्बिरसहित नाम प्रकाशन

रु. ५,००,००१ देखि रु. ७,५०,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको तस्बिर, नोटबुकमा तस्बिरसहितको नाम, सम्मानसहित यज्ञस्थल परिक्रमा, मुक्तिनाथको सातदिने धार्मिक यात्रा, दानवीरले इच्छाएको व्यक्तिका नाममा ७५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति कोष स्थापना, स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त र महायज्ञ स्मारिकाको आधा पृष्ठमा पतिपत्नीको तस्बिरसहित दान विवरण प्रकाशन

रु. ७,५०,००१ देखि रु.१०,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, नाम र ठेगानासहितको तस्बिर, नोटबुकमा तस्बिरसहितको नाम, सम्मानमा स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त, गुरुकुल र दानवीरले इच्छाएको व्यक्तिको संयुक्त नाममा रु.१,००,००० बराबरको छात्रवृत्ति कोष स्थापना, सम्मानसहित यज्ञस्थल परिक्रमा, महायज्ञ स्मारिकाको दुईतिहाई पृष्ठमा पतिपत्नीको तस्बिरसमेत दानको विवरण प्रकाशन

रु. १०,००,००१ देखि रु. १५,००,०००/ सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको तस्बिर, नोटबुकमा तस्बिरसहितको नाम गुरुकुल र दानवीरले इच्छाएको व्यक्तिको संयुक्त नाममा रु. १,५०,००० बराबरको छात्रवृत्ति कोष स्थापना, सम्मानमा स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त, पत्रिकामा आभार व्यक्त गर्दै रंगीन तस्बिरसहितको दानको विवरण प्रकाशित र सम्मानसहित गाडीमा यज्ञस्थल परिक्रमा, महायज्ञ स्मारिकाको पूरा पृष्ठमा पतिपत्नीको तस्बिरसमेत दान विवरण प्रकाशन

रु. १५,००,००१ देखि रु. २०,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुक्को सिंगो पानामा पतिपत्नीको रंगीन तस्बिरसहितको नाम, गुरुकुल र दानवीरले इच्छाएको व्यक्तिको संयुक्त नाममा रु. २,००,००० बराबरको छात्रवृत्ति कोष स्थापना,  स्थानीय सञ्चारमाध्यममा र राष्ट्रिय पत्रिकामा आभार तथा शुभकामना व्यक्त गर्दै परिवारको संयुक्त रंगीन तस्बिरसहित दानको विवरण प्रकाशन, सम्मानसहित गाडीमा यज्ञस्थल परिक्रमा, महायज्ञ स्मारिकाको पूरा पृष्ठमा दाताको तीनपुस्ते परिवारको संयुक्त तस्बिर र दान विवरण प्रकाशन

२०,००,००१ देखि रु. २५,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुकको एउटा सिंगो पानामा दानवीरको परिवारको रंगीन तस्बिरसहितको नाम, दानवीरलाई निजले चाहेको नेपालका तीर्थमध्ये दुई स्थानको धार्मिक यात्रा, गुरुकुल र दानवीरले इच्छाएको व्यक्तिको संयुक्त नाममा रु. २,२५,००० बराबरको छात्रवृत्ति कोष स्थापना, स्थानीय सञ्चारमाध्यम र राष्ट्रिय पत्रिकामा आभार तथा शुभकामना व्यक्त गर्दै परिवारको संयुक्त रंगीन तस्बिरसहित पत्रिकामा दानको विवरण प्रकाशन, सम्मानसहित गाडीमा यज्ञस्थल परिक्रमा, महायज्ञ स्मारिकाको पूरा पृष्ठमा दाताको तीनपुस्ते परिवारको संयुक्त तस्बिर र विस्तृत विवरणसहितको दानको विवरण प्रकाशन।

प्रकाशित: १ पुष २०८० १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =