गुरुकुलसहित आवासीय रूपमा पठनपाठन गर्न सिपा तीनघरे संस्कृत माविमा महायज्ञ

हिमाल प्रेस २७ मंसिर २०८० ६:५६
650
SHARES
गुरुकुलसहित आवासीय रूपमा पठनपाठन गर्न सिपा तीनघरे संस्कृत माविमा महायज्ञ

काठमाडौँ- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ अवस्थित सवा सय वर्ष पुरानो सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ एवम् धनधान्याचल आयोजना गर्न लागिएको छ। विद्यालयको १२१ औँ जयन्तीका अवसरमा महायज्ञ गर्न लागिएको प्रधानाध्यापक पुण्यप्रसाद आचार्यले बताए। उनका अनुसार विद्यालयको शैक्षिक एवम् भौतिक विकास र गुरुकुल सञ्चालनमा सहयोग संकलन गर्नु महायज्ञको मूल उद्देश्य हो।

महायज्ञ पुस १ गते सुरु भई ८ गते समापन हुनेछ। प्रधानाध्यापक आचार्यले भने, ‘श्रीमद्भागवत् सप्ताह महायज्ञ एवम् धनधान्याचलको आयोजना गरी विद्यालयलाई गुरुकुलसहित आवासीय रूपमा सञ्चालन गर्न लागिएको हो।’ उनका अनुसार विद्यालयमा १५० विद्यार्थी अध्ययनरत छन्। बिहानी सत्रमा १६ जना बटुकहरूले गुरुकुलीय पद्धतिअनुसार शिक्षा लिइरहेका छन्।

आचार्यले भने, ‘यस विद्यालयमा भर्ना हुने विद्यार्थीबाट हामी कुनै शुल्क लिने छैनौँ। बस्नखानको कुनै समस्या हुने छैन। हामी यस विद्यालयलाई संस्कृत शिक्षाको नमुना सिकाइ केन्द्रका रूपमा स्थापना गर्ने योजनामा छौँ।’

इन्द्रावती गाउँपालिका-६ का वडा सदस्य खिलप्रसाद आचार्यले शैक्षिक सुधार एवम् गुरुकुल शिक्षा प्रवर्धनका लागि महायज्ञ आयोजना गर्न लागिएकाले उपस्थित भएर सक्दो सहयोग गर्न दाता महानुभावहरूलाई आग्रह गरेका छन्। उनले भने, ‘महायज्ञमा उपस्थित भएर सकेको सहयोग गरी पौरस्त्य शिक्षाको जगलाई माथि उठाउने महान् संकल्पमा साथ दिन अनुरोध गर्दछु।’

पुस १ गते कलश शोभायात्रा, पूर्वाङ्ग र महायज्ञ उद्घाटन हुनेछ। साथै सोही दिन पाठपारायण आरम्भ गरिनेछ। २ गते हरेक दिन बिहान साढे ७ बजेदेखि अपराह्न ५ बजेसम्म पाठपारायण र कथा प्रवचन हुनेछ।

प्रत्येक दिन रुद्राभिषेक, जप, वेदपाठ, चण्डीपाठ, हवन, तुलादानका कार्यक्रम हुनेछन्। साँझ ७ बजेदेखि महात्म्य कथा र भक्ति संकीर्तनका कार्यक्रम राखिएको छ। आयोजकका अनुसार पुस ७ गते तिलार्पण एवम् लक्ष्यवर्ती प्रज्वलन गरिनेछ भने ८ गते हवन, पूर्णाहूति, समापन एवम् प्रसाद वितरण गरिनेछ। साथै प्रत्येक दिन बिहान साढे ५ बजेदेखि एक घण्टा रेखा कोइरालाबाट योग अभ्यास गराइनेछ।

आयोजक समितिले महायज्ञ जस्तो पवित्र एवम् ऐतिहासिक कार्यमा सहभागी हुन शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, कलाकार, पत्रकार, नागरिक समाजका अगुवा, भूतपूर्व विद्यार्थी, शिक्षकलगायत सम्पूर्ण जनसमुदायलाई अनुरोध गरेको छ।

१९६० सालमा स्थानीय शिक्षाप्रेमीको प्रयासमा भाषा पाठशालाका रूपमा स्थापित विद्यालय २०२८ सालपछि प्रावि, निमावि हुँदै २०४५ सालमा संस्कृत माध्यमिक विद्यालयका रूपमा परिणत भएको थियो। २०६२ सालपछि कक्षा ११ मा पढाइ हुन थालेको विद्यालयमा त्यस भेगका बाहुनक्षेत्रीसहित विभिन्न जाति र भाषिक समुदायका बालबालिका अध्ययन गर्दै आएका छन्। केही वर्षदेखि गुरुकुल सञ्चालन हुन थालेको हो।

महायज्ञमा अच्युतकृष्ण अधिकारी र रवीन्द्र आचार्यले कथावाचन गर्नेछन् भने कृष्णप्रसाद सापकोटाले पाठपारायण गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक आचार्यले बताए।

मूल आयोजक समितिका अनुसार  महायज्ञमा दान गर्ने दानवीरहरूलाई निम्नानुसारको रकमका आधारमा सम्मानित गरिनेछ :

रु. १ देखि रु. ५०० सम्म : दानपेटिकामा संकलन

रु. ५०१ देखि १००० सम्म : नाम उद्घोष

रु. १,००१ देखि २००० सम्म : रामनामी ओढाई सम्मान

रु. २,००१ देखि ५००० सम्म  : रामनामी ओढाई सम्मानपत्रसहित सम्मान

रु.५,००१ देखि रु. १०,००० सम्म :  फ्रेमसहितको विशेष सम्मानपत्र र महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु.१०,००१ देखि रु.१५,००० सम्म :  फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, गुरुकुलको वेबसाइट र  शिलालेखमा नाम उल्लेख तथा महायज्ञ स्मारिकामा तस्बिरसहितको नाम प्रकाशन

रु. १५,००१ देखि रु. २०,००० सम्म : फ्रेमसहितको विशेष सम्मानपत्र,  गुरुकुलको आजीवन सदस्यता, वेबसाइट र शिलालेखमा नाम उल्लेख  तथा  महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु.२०००१ देखि रु. २५,००० सम्म : फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, वेबसाइट र शिलालेखमा नाम उल्लेख तथा गुरुकुलको कोठामा सामूहिक तस्बिर र महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु. २५००१ देखि रु. ३५,००० सम्म : फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, वेबसाइट र शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा सामूहिक तस्बिर, विद्यार्थीलाई निःशुल्क दिइने नोटबुकमा नाम, महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु. ३५,००११ देखि रु. ५०,००० सम्म : फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, वेबसाइट र शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा सिंगल तस्बिर, नोटबुकमा विवरण र महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु. ५०,००१ देखि रु. ७५,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, वेबसाइट र शिलालेखमा नाम, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुकमा तस्बिरसहित विवरण, महायज्ञ स्मारिकामा सानो तस्बिरसहित नाम प्रकाशन

रु. ७५,००१ देखि रु. १,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुकमा रंगीन तस्बिरसहित विवरण, महायज्ञ स्मारिकामा सानो तस्बिरसहित नाम प्रकाशन

रु. १,००,००१ देखि रु. १५०,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुकमा  रंगीन तस्बिरसहित विवरण, सम्मानमा स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त, महायज्ञ स्मारिकामा सानो तस्बिरसहित नाम प्रकाशन

रु. १,५०,००१ देखि रु.२,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको आजीवन सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुकमा तस्बिरसहित विवरण, सम्मानमा स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त, महायज्ञ स्मारिकामा तस्बिरसहित नाम प्रकाशन

रु.२,००,००१ देखि रु. ३,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको तस्बिर, नोटबुकमा तस्बिरसहितको नाम, स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त र महायज्ञ स्मारिकाको एकचौथाइ पृष्ठमा पतिपत्नीको तस्बिरसहित नाम प्रकाशन

रु. ३,००,००१ देखि रु. ५,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको तस्बिर, नोटबुकमा तस्बिरसहितको नाम, सम्मानसहित यज्ञस्थल परिक्रमा, दानवीरले इच्छाएको व्यक्तिका नाममा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति कोष  स्थापना, स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त र महायज्ञ स्मारिकाको एकचौथाइ पृष्ठमा पतिपत्नीको तस्बिरसहित नाम प्रकाशन

रु. ५,००,००१ देखि रु. ७,५०,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको तस्बिर, नोटबुकमा तस्बिरसहितको नाम, सम्मानसहित यज्ञस्थल परिक्रमा, मुक्तिनाथको सातदिने धार्मिक यात्रा, दानवीरले इच्छाएको व्यक्तिका नाममा ७५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति कोष स्थापना, स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त र महायज्ञ स्मारिकाको आधा पृष्ठमा पतिपत्नीको तस्बिरसहित दान विवरण प्रकाशन

रु. ७,५०,००१ देखि रु.१०,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, नाम र ठेगानासहितको तस्बिर, नोटबुकमा तस्बिरसहितको नाम, सम्मानमा स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त, गुरुकुल र दानवीरले इच्छाएको व्यक्तिको संयुक्त नाममा रु.१,००,००० बराबरको छात्रवृत्ति कोष स्थापना, सम्मानसहित यज्ञस्थल परिक्रमा, महायज्ञ स्मारिकाको दुईतिहाई पृष्ठमा पतिपत्नीको तस्बिरसमेत दानको विवरण प्रकाशन

रु. १०,००,००१ देखि रु. १५,००,०००/ सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको तस्बिर, नोटबुकमा तस्बिरसहितको नाम गुरुकुल र दानवीरले इच्छाएको व्यक्तिको संयुक्त नाममा रु. १,५०,००० बराबरको छात्रवृत्ति कोष स्थापना, सम्मानमा स्थानीय सञ्चारमाध्यममा आभार व्यक्त, पत्रिकामा आभार व्यक्त गर्दै रंगीन तस्बिरसहितको दानको विवरण प्रकाशित र सम्मानसहित गाडीमा यज्ञस्थल परिक्रमा, महायज्ञ स्मारिकाको पूरा पृष्ठमा पतिपत्नीको तस्बिरसमेत दान विवरण प्रकाशन

रु. १५,००,००१ देखि रु. २०,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुक्को सिंगो पानामा पतिपत्नीको रंगीन तस्बिरसहितको नाम, गुरुकुल र दानवीरले इच्छाएको व्यक्तिको संयुक्त नाममा रु. २,००,००० बराबरको छात्रवृत्ति कोष स्थापना,  स्थानीय सञ्चारमाध्यममा र राष्ट्रिय पत्रिकामा आभार तथा शुभकामना व्यक्त गर्दै परिवारको संयुक्त रंगीन तस्बिरसहित दानको विवरण प्रकाशन, सम्मानसहित गाडीमा यज्ञस्थल परिक्रमा, महायज्ञ स्मारिकाको पूरा पृष्ठमा दाताको तीनपुस्ते परिवारको संयुक्त तस्बिर र दान विवरण प्रकाशन

२०,००,००१ देखि रु. २५,००,००० सम्म : दोसल्ला, रुद्राक्षमाला र फ्रेमसहितको विशेष सम्मानपत्र, गुरुकुलको विशिष्ट सदस्यता, शिलालेखमा नाम उल्लेख, गुरुकुलको कोठामा नाम र ठेगानासहितको सिंगल तस्बिर, नोटबुकको एउटा सिंगो पानामा दानवीरको परिवारको रंगीन तस्बिरसहितको नाम, दानवीरलाई निजले चाहेको नेपालका तीर्थमध्ये दुई स्थानको धार्मिक यात्रा, गुरुकुल र दानवीरले इच्छाएको व्यक्तिको संयुक्त नाममा रु. २,२५,००० बराबरको छात्रवृत्ति कोष स्थापना, स्थानीय सञ्चारमाध्यम र राष्ट्रिय पत्रिकामा आभार तथा शुभकामना व्यक्त गर्दै परिवारको संयुक्त रंगीन तस्बिरसहित पत्रिकामा दानको विवरण प्रकाशन, सम्मानसहित गाडीमा यज्ञस्थल परिक्रमा, महायज्ञ स्मारिकाको पूरा पृष्ठमा दाताको तीनपुस्ते परिवारको संयुक्त तस्बिर र विस्तृत विवरणसहितको दानको विवरण प्रकाशन।

प्रकाशित: २७ मंसिर २०८० ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =