सहरमा आज

यज्ञराजको पुस्तक विमोचनसहित थिएटरमा ६ नाटक

सुस्मिता बजगाईं ३० मंसिर २०८० ६:३९
140
SHARES
यज्ञराजको पुस्तक विमोचनसहित थिएटरमा ६ नाटक

काठमाडौँ- मंसिरको अन्तिम शनिबार। उपत्यकामा विभिन्न मनोरञ्जनात्मक गतिविधि भइरहेका छन्।  हलहरूमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म चलिरहेका छन्। पुस्तकप्रेमीहरूका लागि पुस्तक प्रदर्शन र कलाका पारखीका लागि हस्तकला प्रदर्शनी उपयुक्त गन्तव्य बन्न सक्छ। नाटकघरहरूमा फरक-फरक विषयवस्तुमा ६ नाटक मञ्चन जारी छ। अन्य कहाँ के हुँदैछन् त?

‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा ‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’ नामक पुस्तक लोकार्पण हुँदैछ। पुस्तकका लेखक यज्ञराज उपाध्याय हुन्। कार्यक्रममा वक्ताहरू प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, साहित्यकार डा. नवराज लम्साल, प्रा.डा. वीणा पौडेल, सुभाषचन्द भण्डारी छन्।

बिहान पौने १२ बजे सुरु हुने कार्यक्रममा गौरा, हुड्केली (डेउडा), फाग, पुतला, पञ्चेबाजा, ठाडो खेल, छलोलगगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिनेछ। पुस्तक बुकहिलले प्रकाशन गरेको हो।

नेपाल कला परिषद्‌मा ‘निङ्यो : आर्ट एन्ड ब्युटी अफ जापानिज डल’

मंसिर २० गतेदेखि बबरमहलस्थित नेपाल कला परिषद्‌मा ‘निङ्यो : आर्ट एन्ड ब्युटी अफ जापानिज डल’ नामक प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा जापानी पुतलीको पुरातात्त्विक संस्कार र संस्कृति, इतिहास र लोककथा झल्कने डलहरू छन्। डल जापान फाउन्डेसनले संकलन गरेको हो।

पुस ५ गतेसम्म चल्ने प्रदर्शनीमा प्रवेश निःशुल्क छ। प्रदर्शनी बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म खुला रहनेछ। प्रदर्शनी नेपालीहरूलाई जापानी संस्कृतिबारे परिचय र प्रवर्द्धन गर्ने उद्देश्यले जापानी दूतावास र जापान फाउन्डेसनले आयोजना गरेको हो।

थिएटरमा ६ नाटक

ओजस थिएटरमा ‘कर्तव्य’

रातोपुलस्थित ओजस (शैली थिएटर) मा नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ। मंसिर २६ देखि सुरु भएको नाटक पुस ११ गतेसम्म मञ्चन गरिनेछ। नाटक कथाकार गुरुप्रसाद मैनाली कथा ‘कर्तव्य’लाई नाटकमा रुपान्तरण गरिएको छ। नाटकको परिकल्पना तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका छन्।

नाटकमा विशाल महर्जन, राजु खतिवडा, शेखर दाहाल, सविना तामाङ, सुवास राई, एलिसा न्यौपाने, एचबी मगर, वीरेन्द्र कुश्वाहा, शुक्र मगर, सानुमाया तामाङ, पंकज सार्की, असन थिङ, उज्वल कुलुङ राई, गोविन्द टीआर, प्रदीप विश्वकर्मा, अञ्जना दुलाललगायतको अभिनय रहनेछ। बिहीबारबाहेक साताको प्रत्येक दिन दिउँसो ३ बजे मञ्चन हुने नाटक शनिबार १ बजेको अतिरिक्त सो हुनेछ।

मोन्टाज

मंसिर २२ गतेदेखि सिनामंगलस्थित पुरानो नाटकघरमा नाटक मोन्टाज मञ्चन भइरहेको छ। नाटक युवा अवस्थाको प्रेम, आधुनिक सभ्यता र संस्कारबीचको घृणा र शंकाबीच रुमलिएको मायाको कथामा आधारित छ।

नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका छन्। नाटकमा निर्देशक भारतीसहित रोश्नी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पूजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्दकुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेमसागर सेजुवाल, इनारा बानु, शिला निरौलाको अभिनय छ। नाटक सोमबारबाहेक प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ।

कौसीमा ‘बोधि-सत्त्व’

टेकुस्थित कौसी थिएटरमा मंसिर २० गतेदेखि सांस्कृतिक नाटक ‘बोधि-सत्त्व’ मञ्चन भइरहेको छ। नाटकको परिकल्पना, लेखन तथा निर्देशन चन्द्रमान मुनिकारले गरेका छन्। नाटक पुस ४ गतेसम्म मञ्चन हुनेछ।

इँगिहोपो कोँइच सुनुवारले नाट्य रूपान्तरण गरेको नाटकमा कलाकार सुदनमान मुनिकार, संगीता थापा, नानुमैया महर्जन, युवाहाङ राई, अनिशा श्रेष्ठ, सन्तोष गिरी, अजय लामा, सिर्जना शर्मा, अन्जु श्रेष्ठ, आकाश नेपाली, नवीन काफ्ले र नानुमैया महर्जनको अभिनय छ।  साताको प्रत्येक दिन प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार १ बजेको अतिरिक्त सो पनि हुनेछ।

राष्ट्रिय नाचघरमा नाटक ‘एक चिहान’

जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा मंसिर १८ गतेदेखि नाटक ‘एक चिहान’ मञ्चन भइरहेको छ। यो नाटक हृदयचन्द्रसिंह प्रधानको उपन्यास ‘एक चिहान’ मा आधारित छ। कक्षा १२ को अनिवार्य नेपाली विषयमा यो उपन्यास समावेश छ। उक्त कक्षामा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर उपन्यासलाई नाट्य रूपान्तरण गरी मञ्चन गरिएको छ।

नाटकको परिकल्पनाकार तथा निर्देशक वीरेन्द्र हमाल हुन् भने उपन्यासलाई नाट्य रूपान्तरण रमेश बीजीले गरेका छन्। नाटकमा डाक्टर गोदत्तप्रसादको भूमिकामा रामभजन कामत, सुब्बा सुरमानको भूमिकामा आकाश क्याप्छाकी र रामबहादुरको भूमिकामा राजेन्द्र गड्तौला देखिनेछन्।

नाटकमा सुशीला थापा, मिलन नेपाली, मदन थापा, विपिन घिमिरे, रोहित सुवेदी, ओमप्रकाश बानियाँ, गीता थापा, माया थापा, सुस्मिता तामाङलगायत कलाकारको अभिनय छ। पुसको पहिलो सातासम्म मञ्चन हुने नाटक प्रत्येक दिन बिहान ८ बजे र मध्याह्न १२ गरी दुई नाटकको सो भइरहेको छ।

शिल्पीमा ‘ब्युँझिएको सिरानी’

मंसिर १५ गतेदेखि बत्तीसपुतलीस्थित शिल्पी गोठाले नाटकघरमा नाटक ‘ब्युँझिएको सिरानी’को मञ्चन भइरहेको छ। शनिबार नाटकको अन्तिम दुई सो हुँदैछ। दिउँसो १ बजे र साँझ ५ बजे। जेडी तमू निर्देशित नाटक मानसिक स्वास्थ्यको विषयमा आधारित छ।

नाटकमा कलाकार रूपेश लामा, वेदना राई, सुरज तमू, मनी के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, ग्लोरी थापा, सिर्जना भट्टराईलगायत कलाकारको अभिनय छ।

गुरुकुलमा ‘काल’

थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा नाटक ‘काल’ मञ्चन भइरहेको छ। नाटक मञ्चन हुने शनिबार अन्तिम दिन हो। दिउँसो १ बजे र साढे ४ बजेको दुई सो छ। मंसिर १४ देखि मञ्चन भइरहेको नाटकको परिकल्पना, लेखन तथा निर्देशन रामभजन कामतले गरेका हुन्। नाटकमा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल र प्रवीण खतिवडासहित निता राई, सन्देश कार्की, अर्जुन शिवाकोटी, सुरवी कामत, सलिना क्षेत्री, रोशन चन्दलगायतको अभिनय छ।

अन्नपूर्ण होटलमा हस्तकला व्यापार मेला

अन्नपूर्ण होटलमा मंसिर २८ गतेदेखि २० औँ हस्तकला व्यापार मेला चलिरहेको छ। मेला पुस २ गतेसम्म चल्नेछ। मेलामा हस्तकलाका वस्तुहरूको एक सयभन्दा बढी स्टल राखिएका छन्। मेलामा पाकिस्तान र बंगलादेशका व्यवसायीहरूले पनि स्टल राखेका छन्। मेला नेपाल हस्तकला महासंघले आयोजना गरेको हो।

हलमा नेपाली र बलिउड फिल्म

दुई कदम

मंसिर २९ गतेदेखि उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’ प्रदर्शन भइरहेको छ। फिल्ममा डेब्यू कलाकार इओन लिम्बू र सिमोन गिरी मुख्य भूमिकामा छन्। प्रेम सम्बन्धमा आइपर्ने उत्तारचढावमा आधारित फिल्ममा गौरव पहारी, सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङलगायत कलाकारको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सीके सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘दुई कदम’ चलिरहेको छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स, सिटीम्याक्स सिनेमाज फिल्म ‘दुई कदम’ चलिरहेको अन्य हल हुन्।

जम्प

मंसिर २९ देखि हलमा आशुतोषध्वज कार्की निर्देशित फिल्म ‘जम्प’ प्रदर्शन भइरहेको छ। मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको फिल्ममा एक खेलाडीको मनोदशालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, विनिता थापा मगरलगायतको अभिनय छ। आज उपत्यकामा आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सीके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स, सिटीम्याक्स सिनेमाजमा फिल्म ‘जम्प’ चलिरहेको छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बीएसआर मुभिज, सीडीसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स फिल्म जम्प चलिरहेका अन्य हल हुन्।

हाइ पापा

मंसिर २९ गतेदेखि नेपाली हलमा बलिउड फिल्म ‘हाइ पापा’ प्रदर्शन भइरहेको छ। सौरभ निर्देशित फिल्म फेमिली, रोमान्स र ड्रामा जनरामा बनेको छ। फिल्ममा मृणाल ठाकुर, श्रुति हसन, नानीलगायत कलाकारको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स, सिटीम्याक्स सिनेमाजमा फिल्म ‘हाइ पापा’ चलिरहेको छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाज बलिउड फिल्म ‘हाइ पापा’ चलिरहेका अन्य हल हुन्।

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत भाटभटेनी भक्तपुरमा सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा फिल्मको एक सो छ।

एनिमल

बलिउड फिल्म ‘एनिमल’ मंसिर १५ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा छन्। सन्दीप रेड्डी वांगा निर्देशित फिल्म बाबुछोराको सम्बन्धको कथामा आधारित छ। एक्सन, क्राइम र ड्रामा जनरामा बनेको फिल्ममा रश्मीका मन्दाना, अनिल कपुर, बबी देओललगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्सअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, लबिम मल, भाटभटेनी भक्तपुर र सिभिल मलमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, क्यूज सिनेमाज, बीएसआर मुभिज, सीके सिनेमाजमा बलिउड फिल्म ‘एनिमल’ प्रदर्शन भइरहेको छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स, सिटीम्याक्स सिनेमाज बलिउड फिल्म ‘एनिमल’ चलिरहेका अन्य हल हुन्।

सामबहादुर

मंसिर १५ गतेदेखि प्रदर्शन भइरहेको बलिउड फिल्म ‘सामबहादुर’ बायोपिक ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक मेघना गुजार हुन्। सन् १९७१ को भारत-पाक युद्धको बेलामा भारतीय सेना प्रमुख र त्यसअन्तर्गतको गोर्खा रेजिमेन्टको नेतृत्व गरेका साम मनकेशवाको कथामा आधारित छ। साथै भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सेनाको कथावस्तु पनि समेटिएको छ।

विक्की कौशल मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकारले अभिनय गरेका छन्। आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सीडीसी सिनेमाजमा बलिउड फिल्म ‘सामबहादुर’ प्रदर्शन भइरहेको छ।

प्रकाशित: ३० मंसिर २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =