कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यी एजेन्डामा छलफल हुने

हिमाल प्रेस २९ मंसिर २०८० ८:२७
6
SHARES
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यी एजेन्डामा छलफल हुने

काठमाडौँ- नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजे बस्ने भएको हो।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्प कार्यसम्पादन समिति बैठकका मुख्य एजेन्डा भएकाे जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।

प्रकाशित: २९ मंसिर २०८० ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =