‘कंगारु’मा अर्पण थापा अनुबन्धित

हिमाल प्रेस २६ मंसिर २०८० १६:३८
6
SHARES
‘कंगारु’मा अर्पण थापा अनुबन्धित

काठमाडौँ– साम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कंगारु’मा अर्पण थापा अनुबन्धित भएका छन्। मंगलबार कलाकार थापा र फिल्मको निर्माण पक्षबिच  औपचारिक सम्झौता भएको हो।

यसअघि फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ भित्रिएका थिए। सीमा गुरुङको कथा र महेश दवाडीको पटकथा रहेको फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने बताइएको छ। ‘कंगारु’ मार्फत दर्शकले फरक कथा हेर्न पाउने निर्देशक बस्नेतले बताए।

फिल्मका प्रस्तुतकर्ता राजिभ गुरुङ ‘दीपक मनाङ्गे’ हुन्। फिल्म प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राईको संयुक्त लगानीमा निर्माण हुनेछ। टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहने फिल्मको सह-निर्मातामा रोनिश बहादुर बस्नेत र प्रोडक्सन डिजाइनरमा दिलीप पन्त छन्।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो।

प्रकाशित: २६ मंसिर २०८० १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =