ओजसमा ‘कर्तव्य’ मञ्चन हुँदै

हिमाल प्रेस २४ मंसिर २०८० १५:०२
148
SHARES
ओजसमा ‘कर्तव्य’ मञ्चन हुँदै

काठमाडौँ– रातोपुलस्थित ओजस (शैली) थिएटर एण्ड फिल्म स्टुडियोमा नाटक ‘कर्तव्य’ मञ्चन हुने भएको छ। यही मंसिर २६ देखि नाटकको मञ्चन सुरु हुन लागेको हो।

कथाकार गुरुप्रसाद मैनाली कथा ‘कर्तव्य’लाई नाटकमा रुपान्तरण गरिएको छ। कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तकमा उक्त कथा समावेश छ। नाटकको परिकल्पना तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका छन्।

नाटकमा विशाल महर्जन, राजु खतिवडा, शेखर दाहाल, सविना तामाङ, सुवास राई, एलिसा न्यौपाने, एचबी मगर, विरेन्द्र कुश्वाहा, शुक्र मगर, सानुमाया तामाङ, पंकज सार्की, असन थिङ, उज्वल कुलुङ राई, गोविन्द टिआर, प्रदिप विश्वकर्मा, अञ्जना दुलाललगायत कलाकारको अभिनय रहनेछ।

नाटक आगामी पुस ११ गतेसम्म मञ्चन गरिनेछ। बिहीबार बाहेक साताको प्रत्येक दिन दिउँसो ३ बजे मञ्चन हुने नाटक शनिबार १ बजेको अतिरिक्त सो हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =