निमावि विषयगत लिखित परीक्षाको नतिजा आगामी साता सार्वजनिक गर्ने आयोगको तयारी

हिमाल प्रेस २३ मंसिर २०८० १९:२१
788
SHARES
निमावि विषयगत लिखित परीक्षाको नतिजा आगामी साता सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी स्थायी शिक्षक नियुक्तिका लागि लिएको परीक्षाको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ।

आयोग स्रोतका अनुसार उत्तरपुस्तिका परीक्षण सकिएर टेबुलेसनको काम भइरहेको छ। नतिजा आगामी साताभित्र सार्वजनिक गर्ने तयारी छ।

आयोगले गत भदौ ९ गते विषयगत लिखित परीक्षा लिएको थियो।

त्यसअघि गत माघ २७ गते १ हजार १५६ पदका लागि गरेको विज्ञापनमा ७८ हजार चार सय ७८ जनाले दरखास्त दिएका थिए। परीक्षामा ६७ हजार १८० जना सहभागी थिए।

सामान्य परीक्षामा ६७ हजार १८० जना सहभागी भएकामा १३ हजार ९३९ जना मात्र उत्तीर्ण भएका थिए।

आयोगले नेपाली विषयका लागि ६५, अंग्रेजीका लागि ११६, गणितका लागि १४४, विज्ञानका लागि २८२, सामाजिकका लागि ८९, शुक्लयजुर्वेदका लागि १, विज्ञानका लागि ३५१, संस्कृत व्याकरणका लागि ३, संस्कृत भाषाका लागि ४ र संस्कृत कर्मकाण्डका लागि १ जना शिक्षक माग गरेको थियो।

प्रकाशित: २३ मंसिर २०८० १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =