मावि, निमावि र प्रावि तहका शिक्षक बढुवा [नामसहित]

हिमाल प्रेस २६ चैत २०८० १०:४३
258
SHARES

काठमाडौँ- शिक्षक सेवा आयोगले शिक्षक बढुवा गरेको छ। बढुवा सिफारिश समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतबाट कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरिएको हो।

निर्देशनालयले (चैत २५ गते) आइतबार एक सूचना सार्वजनिक गर्दै माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका शिक्षक बढुवा गरिएको जनाएकाे हो।

आयोगद्वारा गत भदौ ११ गते प्रकाशित कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिने ७५ प्रतिशत शिक्षक बढुवाको शिक्षक सेवा आयोग, बढुवा सिफारिश समितिको सचिवालय, शिक्षा विकास निर्देनालय, कर्णाली प्रदेश, सुर्खेतको निर्णयानुसार बढुवाको लागि निवेदन पर्न आएका उम्मेदवारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधनसहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको बढुवा नामावली प्रकाशन गरिएको छ।

बढुवा सिफारिश समितिले गरेको बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र तोकिएको शुल्क तिरेर निर्देशनालयमा उजुरी दिन सकिने बताइएको छ।

प्रकाशित: २६ चैत २०८० १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =