आगलागीमा घर जलेर नष्ट

हिमाल प्रेस २३ मंसिर २०८० ९:२९
2
SHARE
आगलागीमा घर जलेर नष्ट

ताप्लेजुङ- ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिबार बिहानै एक घरमा आगलागी भएको छ। सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकाली पानी टोलमा एक घरमा आगलागी भएको हो।

आगलागीबाट स्थानीय लालबहादुर गुरुङको ढुंगा, माटो र जस्तापाताको प्रयोग गरिएको मतान घर जलेर नष्ट भएको छ। सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका स्थानीय विष्णु तिवारीका अनुसार गुरुङको दुई वटामध्ये एउटा घर जलेर नष्ट भएको हो। बिहान करिब ७ः४५ बजेतिर घरमा अचानक आगलागी भएको र सँगै रहेको अर्को घर भने तत्काल स्थानीय बासी जुटेर बचाउन सफल भएको उनको भनाइ छ।

घरमा लागेको आगो फुङ्लिङ नगरपालिकाको दमकल (वारुणयन्त्र)सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितिमा नियन्त्रण लिएको हो। स्थानीयका अनुसार सो घरमा केही परिवार भाडामा बस्दै आएका थिए।

यता स्थानीय बासीले भने घर जलिसकेपछि मात्र दमकल पुगेकाले घरमा भएको सामानहरू जोगाउन नसकिएको बताएका छन्। आगलागीको कारण पनि खुलि नसकेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

प्रनाउ लिम्बूका अनुसार आगो नियन्त्रणमा आइसकेकाले क्षतिको विवरण संकलनको कार्य सुरु भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।

प्रकाशित: २३ मंसिर २०८० ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =