‘गाउँ आएको बाटो’ जेठ १८ मा प्रदर्शन

हिमाल प्रेस २२ मंसिर २०८० ११:४९
20
SHARES
‘गाउँ आएको बाटो’ जेठ १८ मा प्रदर्शन

काठमाडौँ- टोरोन्टो फिल्म फेस्टिभलको ४८ औँ संस्करणमा वर्ल्ड प्रिमियर भएको फिल्म ‘गाउँ आएको बाटो’ नेपालमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १८ गतेलाई प्रदर्शन मिति तोकेको हो।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाउन खोजिएको छ।

नविन सुब्बा निर्देशित फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रशान राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ। निर्देशक नवीन सुब्बा र महेश राईले फिल्मको पटकथा लेखेका छन्। फिल्मका निर्माता आमोद राई र नवीन सुब्बा हुन्।

फिल्मले टोरोन्टोसहित २८ औँ बुसान फिल्म फेस्टिभलबाट पनि चर्चा बटुलेको थियो। मेन्छ्याम फिक्चर्स तथा बाँसुरी फिल्म्सको संयुक्त ब्यानरमा बनेको छ।

निर्देशक सुब्बाको यो तेस्रो फिल्म हो। उनले यसअघि ‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौँ’ फिल्म बनाइसकेका छन्। तर ‘गुडबाई काठमाडौं’ प्रदर्शन भएको छैन।

प्रकाशित: २२ मंसिर २०८० ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =