चितवन निकुञ्जमा देखियो मकुना, सतर्क रहन आग्रह

हिमाल प्रेस २० मंसिर २०८० २०:१४
22
SHARES
चितवन निकुञ्जमा देखियो मकुना, सतर्क रहन आग्रह प्रतिनिधिमूलक तस्बिर।

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती (मकुना) देखा परेको छ। निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ। बथान छोडेर आएका हात्तीले समाजमा क्षति पुर्‍याउन सक्ने उनले बताए। हात्ती देखिएपछि निकुञ्ज प्रशासनले नियमित घाँस दाउरा गर्न जाने र अन्य काममा निकुञ्ज र सामुदायिक वन क्षेत्रमा जाने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

अहिले यो हात्ती निकुञ्जको जनकपुर पोष्ट क्षेत्रमा देखिएको भन्दै निकुञ्जले कुमरोज मध्यवर्ती सामुदायिक वनमा उपभोक्तालाई एक्लो हात्तीदेखि नजिस्किन आग्रह गरेको उनले बताए।

‘समूहमा आएका हात्तीभन्दा बथान छोडेर आएका हात्ती खतरनाक हुन्छन्। सबैले सावधानी अपनाउनुपर्छ,’ उनले भने।

मकुना कोशी टप्पुबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै चितवन राष्ट्रिय निकुञ्ज आइपुगेको अनुमान गरिएको छ। बथान छोडेर आएको हात्ती अरूभन्दा उग्र हुने हुँदा बस्ती पस्ने, क्षति गर्न सक्ने उनको भनाइ छ।

निकुञ्जका अनुसार बथान छोडेर आएका योसमेत चार वटा हात्ती यहाँ रहेका छन्। रोनाल्डो, ध्रुवे र गोविन्दे यसअघि आएका थिए। यी हात्तीले समय समयमा बस्तीमा पसी आतंक मच्चाउने गरेको तिवारीले जानकारी दिए। रासस

प्रकाशित: २० मंसिर २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =