एनसेन सेयर खरिद-बिक्री प्रकरण : लेखा समितिमा छलफल हुँदै

हिमाल प्रेस २० मंसिर २०८० ८:५०
10
SHARES
एनसेन सेयर खरिद-बिक्री प्रकरण : लेखा समितिमा छलफल हुँदै

काठमाडौँ- सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको छ। समितिको बैठक दिउँसो २ बजे बस्नेछ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा हाल एनसेलकै साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति भएको छ।

तर, नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी दिइएको छैन। यसबारे समितिले आज बैठकमा छलफल गर्न लागेको हो।

सरकारले छानबिनका लागि निर्देशन दिइसकिएको भन्दै दोषी पाइए कारबाही गर्ने स्पष्ट पारिसकेको छ।

प्रकाशित: २० मंसिर २०८० ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 3 =