आयोगले दियो उत्तीर्ण परीक्षार्थीको लाइसेन्स प्रमाणित गरिदिन एकाईलाई निर्देशन

हिमाल प्रेस १९ मंसिर २०८० १६:२५
192
SHARES
आयोगले दियो उत्तीर्ण परीक्षार्थीको लाइसेन्स प्रमाणित गरिदिन एकाईलाई निर्देशन

काठमाडौँ- शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको तत्काल सेवा प्रवेशका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईबाट प्रमाणित गराउन निर्देशन दिएको छ।

आयोगले एकाईलाई आइतबार एक पत्र पठाउँदै मंसिर १२ गते मंगलबार सार्वजनिक लाइसेन्स नतिजामा उत्तीर्ण परीक्षार्थीलाई सेवा प्रवेशका लागि आवश्यक भएमा प्रमाणित गर्न निर्देशन दिएको हो।

उत्तीर्ण परीक्षार्थीलाई लाइसेन्स वितरण गर्न केही समय लाग्ने भएपछि आयोगले सो व्यवस्था गरिएको जनाएको छ।

‘शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नम्बर ४०/०८० निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र लिखित परीक्षाको नतिजा प्रकाशन गरिएकोमा उत्तीर्ण उम्मेदवारको अध्यापन अनुमतिपत्र छपाई गरी वितरण गर्न केही समय लाग्ने भएकोले यदि कुनै उत्तीर्ण उम्मेदवारले कुनै विद्यालयबाट विज्ञापन भएको शिक्षक पदमा नियुक्तिका लागि आवेदन दिने प्रयोजन खुलाई अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएको प्रमाणित गरिदिन कागजात समेत संलग्न राखी निवेदन दिएमा यस आयोगको वेबसाइटमा प्रकाशित नतिजासँग भिडाई न्यूनतम योग्यता पूरा भएको यकिन गरी अध्यापन अनुमतिपत्र उत्तीर्ण भएको व्यहोरा अधिकृतस्तरको कर्मचारीबाट प्रमाणित गरी दिने व्यवस्था गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ आयोगले पत्रमा भनेको छ।

प्रमाणित गर्दा पेस गर्नुपर्ने कागजातमा निवेदन, प्रवेशपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालिम पूरा गरेको) तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता भए सोको प्रमाणको प्रतिलिपि र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चाहिने आयोगले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =