एकीकृत समाजवादीको महाधिवेशन जेठमा

हिमाल प्रेस १९ मंसिर २०८० १५:३२
4
SHARES
एकीकृत समाजवादीको महाधिवेशन जेठमा

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने,‘सचिवालयको निर्णयअनुसार २०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ। महाधिवेशनमा पेस गर्ने दस्तावेजको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ।’

यसअघि एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्मलाई महाधिवेशन मिति तोकेको थियो। माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको खतिवडाले बताए।

प्रकाशित: १९ मंसिर २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =