पेट्रोलियम अन्वेषणले देशलाई समृद्धिको मार्गमा ल्याउँछ : ओली

हिमाल प्रेस १८ मंसिर २०८० २०:३२
6
SHARES
पेट्रोलियम अन्वेषणले देशलाई समृद्धिको मार्गमा ल्याउँछ : ओली

कर्णाली-  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताएका छन्।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानअन्तर्गत कर्णाली प्रदेशको दैलेख जिल्लामा पुगेका अध्यक्ष ओलीले आज (सोमबार) भैरवी गाउँपालिका–१ स्थित श्रीस्थान ज्वाला क्षेत्रको स्थलगत अवलोकनका क्रममा पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिए। उनले मुलुकको समृद्धिका लागि पेट्रोलियम पदार्थ अन्वेषणको विकल्प नभएको भन्दै उत्खनन कार्यमा तीव्रता दिन आग्रह गरे।

उनले अन्वेषण विभागको टोलीसँगको ब्रिफिङपछि देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने बताए।

प्रकाशित: १८ मंसिर २०८० २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =