जिप दुर्घटनामा चालकको मृत्यु

हिमाल प्रेस १८ मंसिर २०८० ७:४६
4
SHARES
जिप दुर्घटनामा चालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा आइतबार राति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार सिरिजंघा गाउँपालिका–८ याम्फुदिनमा प्र १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक निसान लिम्बूको मृत्यु भएको हो।

याम्फुदिनको भोटेगाउँदेखि छेबुकतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो। राति करिब ९ बजेतिर भएको जिप दुर्घटनामा सोही गाउँपालिका–५ पेदाङ घर भई हाल फुङ्लिङ नगरपालिका–५ बस्दै आएका चालक ३० वर्षीय लिम्बूको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनाको स्थलगत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

प्रकाशित: १८ मंसिर २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =