गणतन्त्र उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल हुँदैन : ओली

हिमाल प्रेस १७ मंसिर २०८० २०:३२
4
SHARES
गणतन्त्र उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल हुँदैन : ओली फाइल तस्बिर।

कालीकोट- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरूबाट सचेत हुनुपर्ने बताएका छन्।

समृद्धिका लागि संकल्प यात्रामा निस्किएका ओलीले आज (आइतबार) दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल नहुने बताए। ‘आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो। त्यो लोकतन्त्र विरोधी हो,’ उनले भने, ‘त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो।’

लोकतन्त्रको बिरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको अध्यक्ष ओलीको भनाइ छ। रासस

प्रकाशित: १७ मंसिर २०८० २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =