भुटानीहरूको कथामा ‘भूठान’ फिल्म बन्दै

हिमाल प्रेस १७ मंसिर २०८० १२:३९
10
SHARES
भुटानीहरूको कथामा ‘भूठान’ फिल्म बन्दै

काठमाडौँ- ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले फिल्म ‘भूठान’ बनाउने भएका छन्। निर्माण टिमले सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घाेषाणा  गरेकाे हाे।

फिल्मकाे कथावस्तु भुटानदेखि भारत, नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवन यात्राको कथामा आधारित रहने निर्माण टिमले जनाएको छ। फिल्मलाई अंग्रेजीमा ‘वल्डस् ह्याप्पिस्ट म्यान’ भनिएकाे छ।

सार्वजनिक पोस्टरमा कलाकार हरिवंश आचार्य, दयाहाङ राई र जोयश पाण्डेलाई देख्न सकिन्छ। फिल्ममा अन्य कलाकार अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेनलगायतकाे अभिनय रहनेछ।

फिल्ममा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अवीरल थापाले लगानी गरेका छन्। ‘भूठान’ सन् २०१९ मा वुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको थियो।

प्रकाशित: १७ मंसिर २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =