यी हुन् सन् २०२४ मा विश्वकप खेल्ने नेपालसहितका २० टिम

हिमाल प्रेस १५ मंसिर २०८० १०:०६
16
SHARES
यी हुन् सन् २०२४ मा विश्वकप खेल्ने नेपालसहितका २० टिम नेपाली क्रिकेट टोली। फाइल : तस्बिर

काठमाडौँ- सन् २०२४ मा हुने आईसीसी टी २० विश्वकप खेल्ने २० टीमको टुंगो लागेको छ। नामिबियामा जारी अफ्रिकी महादेशको अन्तिम चरणको छनोट प्रतियोगितामा बिहीबार युगान्डाले रुवान्डालाई हराएसँगै विश्वकप खेल्ने २० टिमको टुंगो लागेको हो।

युगान्डा विश्वकप छनोट हुने अन्तिम टिम हो। युगान्डा पहिलो पटक विश्वकपमा छनोट भएको हो। सन् २०२४ को टी २० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ।

प्रतियोगिता आगामी जुन ४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ। यसपटक टी २० विश्वकपमा २० वटा टिमको सहभागिता रहनेछ ।

सिधा छनोट भएका १२ टिम
टी २० विश्वकप २०२२ को शीर्ष ८ टिम हुन्, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका। यी राष्ट्रले सिधा विश्वकप खेल्न पाउनेछन्। यिनीहरूले विश्वकपमा स्थान बनाउन छनोट खेल्नु पर्दैन। यस्तै आयोजक भएका आधारमा अमेरिका र वेस्ट इन्डिज गरी २ टिम छनोट भएका छन्।

आयोजक राष्ट्रले छनोट नखेली सिधा विश्वकप खेल्न पाउने प्रावधान छ।

आईसीसी विश्व वरीयताका आधारमा २ राष्ट्र छनोट भएका छन्। जसमा अफगानिस्तान र बंगलादेश रहेका छन्। जम्मा १२ टिमले सिधा छनोट हुने अवसर पाएका छन्।

छनोट खेलेर विश्वकप पुगेका ‍८ टिम

सन् २०२४ मा छनोट खेलेर ८ टिम आईसीसी टी २० विश्वकपमा पुगेका छन्। युगान्डा र नामिबिया अफ्रिकी महादेशबाट विश्वकप पुगेका छन्।

यसका अतिरिक्त छनोट चरण पार गर्दै युरोप महादेशबाट आयरल्यान्ड र स्कटल्यान्ड विश्वकपमा पुगेका हुन्।

पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट पपुवा न्यु गिनी विश्वकपमा छनोट भएको छ। अमेरिकी महादेशको छनोट प्रतियोगिताबाट क्यानडा विश्वकपमा पुगेको छ।

एसिया महादेशको छनोट प्रतियोगिताबाट भने नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। अफ्रिका महादेशबाट नामिबिया र युगान्डा विश्वकपमा पुगेका हुन्।

प्रकाशित: १५ मंसिर २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =