नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

हिमाल प्रेस ४ पुष २०८० १४:३१ | Wednesday, December 20, 2023
नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

काठमाडौँ– नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ। बैंकले मंसिर २९ देखि पुस ३ सम्मको समय राखेर आवेदन खुलाएको थियो।

प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकोमा पहिलो पटक दिएको समयमा सबै डिबेन्चर बिक्री भएको नबिल बैंकले जनाएको छ।

बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुला गरिएको थियो।

सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागिसमेत समावेश गरिएको थियो। यस सात बर्से ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ।

प्रकाशित: ४ पुष २०८० १४:३१ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast