सिरियामा अमेरिकी हवाई आक्रमणमा ९ जनाको मृत्यु

हिमाल प्रेस २३ कार्तिक २०८० २०:२१
10
SHARES
सिरियामा अमेरिकी हवाई आक्रमणमा ९ जनाको मृत्यु

दमास्कस- सिरियाको पूर्वी प्रान्त देइर अल-जोरमा गतमध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा ९ जना लडाकु मारिएका छन्।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल-जोरमा रहेको सैन्यस्थल र हतियार डिपोमा आक्रमण गरेका कारण गम्भीर घाइते भएका लडाकुको संख्या अझै बढ्न सक्ने बताइएको छ।

पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाई आक्रमण’ गरेको बताएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २३ कार्तिक २०८० २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =