राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

हिमाल प्रेस २३ कार्तिक २०८० १९:४६
4
SHARES
राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ।

राष्ट्रपति भवनमा बिहीबार भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले हालै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरे।

साथै उनले विपद्पछिको पुनःउत्थान र पुनःनिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गरेका थिए। रासस

प्रकाशित: २३ कार्तिक २०८० १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =