यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हिमाल प्रेस २३ कार्तिक २०८० १३:००
12
SHARES
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ- सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बूढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने भएको छ।

केही बेरअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी आयोजनामा इन्धनको पूर्वाधार शुल्कको रकम लगाउने निर्णय भएको हो। यस्तै, प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन्।

सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने भएको छ। मोरङको विराटनगर, काठमाडौँको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने भएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।
पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने र शनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको छ। मन्त्रिपरिषद् विधेयक समितिकबाट पेस भएको राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने भएको छ।

प्रकाशित: २३ कार्तिक २०८० १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 17 =