सुहाना खानको डेब्यु फिल्म ‘द आर्चिज’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २३ कार्तिक २०८० १३:५१
10
SHARES
सुहाना खानको डेब्यु फिल्म ‘द आर्चिज’को ट्रेलर सार्वजनिक

काठमाडौँ- बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको डेब्यु फिल्म ‘द आर्चिज’ को ट्रेलर सार्वजनिक भएको छ। जोया अख्तरले निर्देशन गरेको फिल्ममा सुहानासँगै अमिताभ बच्चनका नाति अगस्त्य नन्दा, श्रीदेवीकी छोरी खुसी कपुरले पनि अभिनयमा डेब्यु गरिरहेका छन्।

ट्रेलरमा सुहाना, अगस्त्य, खुशीलगायत कलाकार देखिएका छन्। नेटफ्लिक्समा रिलिज हुनेछ। तीन मिनेट लामो ट्रेलरमा ६० को दशकका कथा देख्न सकिन्छ। अमेरिकी कमिक बुक सिरिज ‘द आर्चिज’ मा फिल्म बनेको छ। फिल्म डिसेम्बर ७ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: २३ कार्तिक २०८० १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =