श्रीलंकामा डेंगु संक्रमितको संख्या ७० हजार नाघ्यो, ४३ जनाको मृत्यु

हिमाल प्रेस २२ कार्तिक २०८० २१:२३
10
SHARES
श्रीलंकामा डेंगु संक्रमितको संख्या ७० हजार नाघ्यो, ४३ जनाको मृत्यु

कोलम्बो (रासस/एएफपी)- श्रीलंकामा डेंगुका बिरामीको संख्या ७० हजार नाघेको स्वास्थ्य मन्त्रालयको महामारी एकाइले आफ्नो वेबसाइटमा जानकारी दिएको छ।

यो वर्षको सुरुदेखि नोभेम्बर ८ सम्ममा ७० हजार १७८ जनामा संक्रमण पुष्टि भएको र सबैभन्दा बढी कोलम्बो जिल्लामा १४ हजार ८८४ जनामा संक्रमण पुष्टि भएको थियो।

एकाइका अनुसार यस वर्ष हालसम्म डेंगुका कारण ४३ जनाको मृत्यु भएको छ। वर्षायामका कारण डेंगुका बिरामीको संख्या बढ्दै गएको बताउँदै स्वास्थ्य अधिकारीहरूले आफ्नो वरपरको वातावरण सफा राख्न र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न आग्रह गरेका छन्।

श्रीलंकामा सन् २०२२ मा ७५ हजारभन्दा बढी डेंगुका बिरामी फेला परेको सरकारी तथ्यांकले देखाएको छ।

प्रकाशित: २२ कार्तिक २०८० २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =