नेपाललाई हिन्दू राष्ट्र बनाउन माग

हिमाल प्रेस २१ कार्तिक २०८० १९:५३
16
SHARES
नेपाललाई हिन्दू राष्ट्र बनाउन माग

काठमाडौँ– विश्व हिन्दू महासंघ जिल्ला कार्य समिति अर्घाखाँचीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गरेको छ। महासंघले आज आयोजना गरेको हिन्दू धर्मसम्बन्धी अन्तक्रियामा विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष दधिराम शर्माले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताए। उनले हिन्दू राष्ट्र घोषणा हुन नसके नेपालकै अस्तित्व खतरामा रहेको जिकीर गरे।

विश्व हिन्दू महासंघका केन्द्रीय सचिव पुनाराम पोख्रेलले विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने बताए। संस्कृत भाषा विश्वको मुख्य र पुरानो भाषा हुँदा पनि यसको महत्त्व नेपालले बुझ्न नसकेको उनको टिप्पणी थियो।

कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य लोकनाथ पाण्डे, प्रदेश सचिव कमलकान्त पौडेल, हिन्दू धर्म रक्षा परिषद् नेपाल केन्द्रीय अध्यक्ष नारायण खनाललगायतले देशलाई हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २१ कार्तिक २०८० १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =