अस्ट्रेलियालाई अफगानिस्तानको चुनौतीपूर्ण लक्ष्य

हिमाल प्रेस २१ कार्तिक २०८० १८:२६
10
SHARES
अस्ट्रेलियालाई अफगानिस्तानको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ मा अफगानिस्तानले अस्ट्रेलियालाई २९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाउँदै २९१ रन बनाएको हो।

उसका लागि इम्ब्राहिम जदरानले नटआउट १२९ रनको योगदान गरे। १४३ बल खेलेका उनले ८ चौका र ३ छक्काको मद्दतमा उक्त स्कोर बनाएका हुन्। उनको यो शतक नै अफगानिस्तानका तर्फबाट विश्वकपमा कुनै पनि खेलाडीले बनाएको पहिलो शतक हो।

अफगानिस्तानका लागि रसिद खानले २ चौका र ३ छक्काको मद्दतले ३५ रन बनाए। त्यस्तै रहमत शाहले ३०, अजमतुल्लाह उमरजईले २२, हश्मतुल्लाह शाहिदीले २६ तथा महम्मद नाबीले १२ रनको योगदान दिए।

जारी विश्वकपमा अफगानिस्तानले प्रशंसनीय प्रदर्शन गर्दै आएको छ। जारी प्रतियोगितामा यसअघि अफगानिस्तानले इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकालाई फराकिलो रन तथा विकेटले पराजित गरेको छ।

प्रतियोगितामा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान अंक तालिकामा ८ अंकसहित चौथो, पाँचौं र छैटौँ स्थानमा छन्। तीनै टिमको ८-८ अंक भए पनि रनरेटका आधारमा अफगानिस्तान पछाडि छ।

यद्यपि अस्ट्रेलियासँगको खेल जितेमा अफगानिस्तान सेमिफाइनल पुग्ने बलियो सम्भावना रहनेछ। मुम्बईस्थित वाङ्खेडे स्टेडियममा पहिलो इनिङ्सको तुलनामा दोस्रो इनिङ्समा कम रन बनिरहेकाले पनि आजको खेल अस्ट्रेलियाका लागि चुनौतीपूर्ण देखिन्छ।

अफगानिस्तान : मेहनत, ऊर्जा र सपना

प्रकाशित: २१ कार्तिक २०८० १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =