भूकम्पपीडितका लागि भारतले उपलब्ध गरायो दोस्रो चरणको राहत सामग्री

हिमाल प्रेस २० कार्तिक २०८० २१:०८
8
SHARES
भूकम्पपीडितका लागि भारतले उपलब्ध गरायो दोस्रो चरणको राहत सामग्री

काठमाडौँ- भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ।

भारत सरकारका तर्फबाट काठमाडौँस्थित राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल सहितको नौ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी-१३० ले नेपालगञ्ज ल्याएको थियो।

उक्त राहत सामग्री हस्तान्तरण यही कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साका रूपमा रहेको दूतावासको भनाइ छ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कार्तिक १९ गते हस्तान्तरण गरेको थियो।

प्रकाशित: २० कार्तिक २०८० २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast