इजरायलमा मारिएका थप तीन जनाको शव सुर्खेत लगियो

हिमाल प्रेस १९ कार्तिक २०८० २०:२४
12
SHARES
इजरायलमा मारिएका थप तीन जनाको शव सुर्खेत लगियो फाइल तस्बिर

काठमाडौँ- इजरायल घटनामा मारिएका सल्यानको शारदा-३ का प्रवेश भण्डारी, डोटीको लामिखाल-८ का पदम थापा र डोटीकै पचनालीका राजन फुलाराको शव नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाइने छ।

यसअघि बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएर आफन्तलाई बुझाइसकिएको छ।

असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

प्रकाशित: १९ कार्तिक २०८० २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nineteen =