भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड सहयोग गर्ने

हिमाल प्रेस १९ कार्तिक २०८० १३:५७
4
SHARES
भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ- भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको महानगर प्रमुख रेणु दाहालले जानकारी दिइन्।

भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने सहयोग गर्न लागिएको हो।

भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्ययान्न सहयोगका लागि सम्पूर्ण भरतपुरबासी आह्वान पनि गरेको छ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा ठूलो जनधनको क्षती भएको छ।

प्रकाशित: १९ कार्तिक २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =