गुल्सनको विस्फोटक ब्याटिङमा ओमानलाई १८५ रनको लक्ष्य

हिमाल प्रेस १९ कार्तिक २०८० १२:४५
42
SHARES
गुल्सनको विस्फोटक ब्याटिङमा ओमानलाई १८५ रनको लक्ष्य

काठमाडौँ- आईसीसी विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएपछि ओमानले १८५ रनको लक्ष्य पाएको हो।

नेपालका लागि गुल्सन झाले ५४, कप्तान रोहित पौडेलले ५२ तथा कुशल भुर्तेलले ३१ रनको पारी खेले। झाले ५ चौका र ४ छक्काको मद्दतमा २० बलमा अर्धशतक बनाउँदै २५ बलमा ५४ रन बनाए। कप्तान पौडेलले ५ चौकार २ छक्काको मद्दतमा ३७ बलमा नटआउट ५२ रन बनाए।

त्यस्तै करण केसीले ६ बलमा २ छक्का र १ चौकाको मद्दतमा २० रनको सानदार योगदान दिए। ओपनर आसिफ सेख, त्यसपछि सन्दीप जोरा, कुशल मल्ल र भुर्तेल आउट हुँदा समस्यामा देखिएको थियो। नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाएर ६० रनमात्रै बनाएको थियो। त्यसपछि गुल्सन झाले विस्फोटक ब्याटिङ गर्दै नेपाली इनिङ्स उकासे। नेपालले अन्तिम १० ओभरमा १२४ रन बनाएको हो।

टी-२० विश्वकप छनोट : च्याम्पियन बन्न ओमानसँग ब्याटिङ गर्दै नेपाल

प्रकाशित: १९ कार्तिक २०८० १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =