टी-२० विश्वकप छनोट : च्याम्पियन बन्न ओमानसँग ब्याटिङ गर्दै नेपाल

हिमाल प्रेस १९ कार्तिक २०८० १०:४६
14
SHARES
टी-२० विश्वकप छनोट : च्याम्पियन बन्न ओमानसँग ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा खेल ११ बजेदेखि सुरु हुन गइरहेको छ।

यसअघि शुक्रबार भएका सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै दुवै टिम फाइनल पुगेका हुन्। ८ टिम सहभागी रहेको एसिया क्षेत्र छनोट प्रतियोगितामा यसअघि नेपाल र ओमान एउटै समूहमा पनि भिडेका थिए।

समूह चरणमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ओमानसँग ५ रनले हारेको थियो। सो हारको बदला लिने अवसर नेपाललाई छ। नेपाल र ओमान फाइनल पुगेसँगै आगामी जुन/जुलाईमा अमेरिका र वेस्टइण्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भइसकेका छन्। नेपाल र ओमानबीच हालसम्म भएका ५ टी-२० मध्ये नेपालले ३ खेल तथा ओमानले २ खेल जितेको छ।

नेपाली टिम रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेइख, कुशल मल्ल, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अबिनाश बोहरा, विवेक यादव र सन्दीप लामिछानेसहित मैदानमा हुनेछ।

यसअघि यूएईसँगको खेलमा मैदान फर्केका दीपेन्द्र सिंह ऐरी ओमानसँगको खेलमा टिममा समावेश छैनन्।

प्रकाशित: १९ कार्तिक २०८० १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =