नेपालका भूकम्प पीडितलाई सहयोग गर्न भारतीय क्रिकेटर शिखर धवनको आह्वान

हिमाल प्रेस १८ कार्तिक २०८० १८:१०
6
SHARES
नेपालका भूकम्प पीडितलाई सहयोग गर्न भारतीय क्रिकेटर शिखर धवनको आह्वान

काठमाडौँ— भूकम्प पीडितहरूलाई सहयोग गर्न भारतीय क्रिकेटर शिखर धवनले आह्वान गरेका छन् । नेपालमा गएको भूकम्पबाट प्रभावित प्रति समवेदना समेत व्यक्त गरेका छन् । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निचुडको भूकम्प जाँदा मृतकको संख्या १५७ जना पुगिसकेको छ।

‘अर्को भूकम्पको विनाशकारी प्रभावको सामना गरिरहेका नेपालका जनताहरूप्रति मेरो सहानुभूति छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूबारे ख्याल राख्दै पीडितहरूलाई मद्दत गर्न राहतका लागि सहयोग गरौँ।’

प्रकाशित: १८ कार्तिक २०८० १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =