भूकम्प पीडितलाई विश्व खाद्य कार्यक्रमले ५ मेट्रिकटन चामल पठाउने

हिमाल प्रेस १८ कार्तिक २०८० १४:५७
4
SHARES
भूकम्प पीडितलाई विश्व खाद्य कार्यक्रमले ५ मेट्रिकटन चामल पठाउने

काठमाडौँ– जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका पीडितलाई विश्व खाद्य कार्यक्रमले खाद्यन्न सहयोग गर्ने भएको छ। गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितहरूका लागि विश्व खाद्य कार्यक्रमले पाँच मेट्रिक टन चामल पठाउने भएको हो।

विश्व खाद्य कार्यक्रमले आजै पाँच मेट्रिक्टन चामल पीडितका लागि पठाउने तयारी छ। जाजरकोटका लागि ३ र रुकुमपश्चिमका लागि २ मेट्रिक टन चामल नेपालगन्ज, सुर्खेत हुँदै पीडित भएको ठाउँसम्म पठाउने बताइएको छ।

गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी १३६ जनाको निधन भएको र १६५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। विभिन्न नीजि तथा सरकारी क्षेत्रबाट पनि राहत र उद्धारमा सहयोग भइरहेको छ। सरकारले पनि सबै संयन्त्र पीडितको उद्धार र राहतका लागि खटिन भनेको छ।

प्रकाशित: १८ कार्तिक २०८० १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =