प्रधानमन्त्रीले आफू चढेर गएको हेलिकप्टर पीडितको उद्धारका लागि छोडेर फर्किने

हिमाल प्रेस १८ कार्तिक २०८० १४:३७
प्रधानमन्त्रीले आफू चढेर गएको हेलिकप्टर पीडितको उद्धारका लागि छोडेर फर्किने

काठमाडौँ- भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि हेलिप्टर चढेर जाजरकोट र रुकुम पश्चिम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल नियमित उडानमार्फत काठमाडौँ फर्किने भएका छन्।

दाहालले आफू चढेर गएको हेलिकप्टर भूकम्प पीडितको उद्धारका लागि छोडेर काठमाडौँ फर्किन लागेका हुन्। दाहाल आज बिहान त्यसतर्फ गएका थिए। उनी गएको हेलिकप्टरले आज बिहानै मात्र पनि नगलगाडका ८ जना घाइतेलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो। दाहालले सबै राजनीतिक दललाई पनि भूकम्प प्रभावितको सहयोगमा जुट आग्रह गरेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =