प्रहरी समायोजनको काम अघि बढिसकेको छ : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस १६ चैत २०८० १८:४१
24
SHARES
प्रहरी समायोजनको काम अघि बढिसकेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको बताएका छन्।

प्रहरी समायोजन ऐन र संघीय निजामती ऐन संघीयता कार्यान्वयनका लागि संवेदनशील र अत्यन्त महत्त्वपूर्ण ऐनहरू आफूले कार्यान्वयनको प्रक्रिया अघि बढाएको उनले दाबी गरे।

शुक्रबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियामा लगिएको र संघीय निजामती सेवा ऐन विस्तृत बहसपछि प्रतिनिधिसभामा पेस गरिएकाले सो विधेयक संघीय संसदको दुवै सदनबाट छिट्टै पारित हुने विश्वास व्यक्त गरे।

‘संघीयता कार्यान्वयनको सम्बन्धमा दुईवटा असाध्यै संवेदनशील र अत्यन्त महत्त्वपूर्ण ऐन संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ। यो विषय सदनलाई जानकारी गराउन पाउँदा विशेष खुसी पनि महसुस भएको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले सरकारले संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको दाबीसमेत गरे।

प्रकाशित: १६ चैत २०८० १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =