एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १८ कार्तिक २०८० १२:२१
2
SHARE
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । विनाशकारी भूकम्पले ठूलो मानवीय क्षति गरेपछि अध्यक्ष माधवकुमार नेपालले उद्धार तथा राहतमा पार्टीको योजना बनाउन वैठक बोलाएका हुन्।

बैठक पार्टी कार्यालय आलोकनगरमा बस्ने बताइएको छ।

यस्तै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेको भन्दै तत्काल उद्धार तथा राहतमा लाग्न नेपाल सरकार र पार्टी पङ्क्तिलाई आग्रह गरेका छन्।

घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न अध्यक्ष नेपालले सरकार र संघसंस्थालाई आह्वान गरेका छन्।

शुक्रबार राति गएको विनाशकारी भूकम्पमा परी शनिवार बिहानसम्म १ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् भने सयौँको संख्यामा घाइते भएका छन्।

प्रकाशित: १८ कार्तिक २०८० १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 15 =