काठमाडौँ- जाजरकोटमा शुक्रबार राति गएको भूकम्पले खलंगा सदरमुकामका घरहरू ध्वस्त भएका छन्। जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्।
घाइतेको उद्धार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भूकम्पबाट रुकुम पश्चिममा कम्तीमा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय/वाईसीएल जाजरकोट
प्रकाशित: १८ कार्तिक २०८० ९:०५
प्रतिक्रिया