‘कल गर्ल’ चाहिए सम्पर्क गर्नु भन्दै ठगी गर्ने दुई युवक पक्राउ

हिमाल प्रेस १७ कार्तिक २०८० १९:५३
18
SHARES
‘कल गर्ल’ चाहिए सम्पर्क गर्नु भन्दै ठगी गर्ने दुई युवक पक्राउ

काठमाडौँ– सामाजिक सञ्जालमा महिलाको फोटो र फोन नं राखेर ‘कल गर्ल’ चाहिएमा सम्पर्क गर्न भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका ६ का २४ वर्षीय गौरब जैन र भोजपुरको भोजपुर नगरपालिका ९ का ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले ‘कल गर्ल’ चाहिएमा मोबाइल नम्बर ९७०२९९६७५३ मा सम्पर्क गर्न सकिने र महिलाहरूको फोटो समेत उपलब्ध गराई दिने भनि समाजिक सञ्जालको ग्रुपहरूमा पोष्ट गर्ने गरेका थिए। साथै, उपलब्ध गराईएका फोटोहरू मध्ये आफूले छनौट गरे अनुसारको मूल्य अनलाइन मार्फत तिरेपछि केटी उपलब्ध गराईने भनि रकम माग गरी ठगी लगायतका कार्य गरेको पाईएको छ।

सो सम्बन्धमा अनुसन्धानको क्रममा उक्त मोबाइल नम्बर ९७०२९९६७५३ चलाउने व्यक्तिहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोली र जिल्ला प्रहरी कार्यलय मोरङको सहयोगमा बिहीबार विराटनगर–६ बिएफएमबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८० १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =