‘द आर्चिज’को पहिलो गीतमा नाच्दै सुहाना, अगस्त्य र खुशी

हिमाल प्रेस १७ कार्तिक २०८० १४:४७
‘द आर्चिज’को पहिलो गीतमा नाच्दै सुहाना, अगस्त्य र खुशी

काठमाडौँ- बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको डेब्यु फिल्म ‘द आर्चिज’को पहिलो गीत सार्वजनिक भएको छ।

‘बा बा बुम’ गीत सार्वजनिक भएको छ। जावेद अख्तरको शब्द रहेको गीतमा संगीत शंकर अहसान लोयको रहेको छ। गीतमा तेजसले स्वर दिएका छन्।

जोया अख्तरले निर्देशन गरेको फिल्मको गीतमा सुहानासँगै अमिताभ बच्चनका नाति अगस्त्य नन्दा र श्रीदेवीकी कान्छी छोरी खुशी कपुर देखिएका छन्।

गीतको भिडियोमा सुहाना, अगस्त्य, खुसी नाचिरहेका छन्। उनीहरूको नृत्यलाई धेरैले मन पराएका छन्।रिलिज भएको केही घण्टामै गीतले हजारौँ भ्युज पाइसकेको छ। फिल्म डिसेम्बर ७ मा नेटफ्लिक्समा प्रदर्शनमा आउनेछ।

प्रकाशित: १७ कार्तिक २०८० १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =