एआईजी श्याम ज्ञवालीलाई कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरी

हिमाल प्रेस १७ कार्तिक २०८० ११:१०
680
SHARES
एआईजी श्याम ज्ञवालीलाई कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरी

काठमाडौँ- नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)श्यामलाल ज्ञवालीविरुद्ध संसदीय समितिमा लिखित उजुरी परेको छ। उमेर विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका ज्ञवालीलाई कारबाहीको माग गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उजुरी परेको हो।

प्रहरी सेवामा प्रवेश गर्दा अयोग्य हुँदाहुँदै पनि उमेर ढाँटेर प्रवेश गरेको विषयमा आफूले दिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भन्दै शेरबहादुर चन्दले समितिलाई निवेदन दिएका हुन्।

२०५० मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम ज्ञवाली प्रहरी सेवामा प्रवेश गरेका थिए। त्यसबेलाको नियमअनुसार २५ वर्ष नाघेका व्यक्ति प्रहरी निरीक्षकमा भर्ना हुन पाइँदैनथ्यो। ज्ञवाली सेवामा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको उनकै नागरिकताबाट खुलेपछि अख्तियारमा उजुरी परेको थियो।

तर अख्तियारले उनलाई कारबाही नगरी आफ्नो उजुरी नै तामेलीमा राखेर उनको पक्षपोषण गरेको आरोप निवेदक चन्दले लगाएका छन्।

यस्तो छ निवेदन

प्रकाशित: १७ कार्तिक २०८० ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =