संसदीय समितिले माग्यो एआईजी ज्ञवालीको जन्म मितिसहितको कागजात

हिमाल प्रेस ३ मंसिर २०८० १३:२२
144
SHARES
संसदीय समितिले माग्यो एआईजी ज्ञवालीको जन्म मितिसहितको कागजात फाइल तस्बिर

काठमाडौँ– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जन्म मिति विवादमा तानिएका नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीको कागजात पेस गर्न निर्देशन दिएको छ। समितिले गृहमन्त्रालयमार्फत ज्ञवालीको कागजात माग गरेको समितिका सभापति रामहरि खतिवडाले हिमालप्रेसलाई जानकारी दिए।

उनले भने, ‘जन्म मितिबारे उजुरी समितिमा आइसकेपछि यसबारे समितिले ठोस तथ्य के हो भनेर पत्ता लगाउन गृहमन्त्रालयलाई पत्र लेखेर कागजात दिन निर्देशन दिएको छ।’

ज्ञवालीको जन्म मिति विवादबारे सर्वोच्चमा पनि रिट परेको थियो। तर, सर्वोच्चले दरपीठ गरिदिएको थियो। ज्ञवालीमाथि जन्म मिति फरक पारेर प्रहरी सेवामा प्रवेश गरेको गम्भीर आरोप लागेको छ।

प्रकाशित: ३ मंसिर २०८० १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + four =