कोहलपुर गोल्डकप : सुदूरपश्चिम-११ लाई १-० ले हराउँदै गोर्खा ब्वाइज विजयी

हिमाल प्रेस १६ कार्तिक २०८० १९:३१
18
SHARES
कोहलपुर गोल्डकप : सुदूरपश्चिम-११ लाई १-० ले हराउँदै गोर्खा ब्वाइज विजयी

बाँके- मुख्यमन्त्री कोहलपुर गोल्डकपअन्तर्गत बिहीबार भएको खेलमा सुदूरपश्चिम–११ धनगढीलाई गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवलले १–० ले पराजित गरेको छ। कोहलपुर नगरपालिका–२, तेह्र बिघामा भएकोे खेलमा गोर्खा व्वाइजका लागि शक्ति राईले खेलको ४५ औँ मिनेटमा गोल गरे।

शुक्रबार सेमिफाइनलका लागि चर्च व्वाइज र गोर्खा व्वाइजबीच खेल हुने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रूपैयाँ र दोस्रो हुनेलाई ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ सहारा क्लब अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए।

प्रकाशित: १६ कार्तिक २०८० १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =