प्रभु बैंकका सीईओ शेरचनविरुद्धको रिट खारेज

हिमाल प्रेस १५ कार्तिक २०८० १९:०२
12
SHARES
प्रभु बैंकका सीईओ शेरचनविरुद्धको रिट खारेज

काठमाडौँ– प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्ध परेको रिट नै खारेज भएको छ। उच्च अदालत पाटनले सीईओ शेरचनको पुनः नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको हो। उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले उनीविरुद्ध परेको रिट खारेज गरिदिएको छ।

शेरचन प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्जर भएपछि पनि निरन्तर सीईओ भएको भन्दै उनीविरुद्ध रिट परेको थियो। उनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’को प्रावधानविपरीत रहेको भन्दै अधिवक्ता अनिता थापाले रिट दायर गरेकी थिइन्।

दुई कार्यकालभन्दा बढी सीईओ हुन नपाइने व्यवस्था रहेको भन्दै शेरचनको नियुक्ति त्यसविपरीत रहेको थापाको जिकिर थियो। तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्ज वा एक्विजिसनमा जाँदा सम्बन्धित पदमा पुनः नियुक्ति दिन वा लिन कुनै बाधा नपुग्ने सुविधा दिएको थियो। सेन्चुरी बैंकलाई गाभेपछि सञ्चालक समितिले शेरचनलाई पुनः सीईओमा नियुक्ति दिएपछि थापा अदालत पुगेकी थिइन्।

प्रकाशित: १५ कार्तिक २०८० १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =